नयाँ शक्ति र फोरमबीच बैशाख २३ गते एकता

पार्टीको नाम समाजवादी पार्टी नेपाल, चुनाव चिह्न ‘तारा’

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको टुंगो लागेको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ । नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुनेछ ।

फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन्  ।


प्रतिकृया दिनुहोस