नयाँ शक्ति र फोरमबीच पार्टी एकताको सहमति

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपाल र संघिय समावादी फोरबी पार्टी एकता गर्न सहमति भएको छ । शक्रबार अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । एकीकृत पार्टीको नाम भने समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको जनाइएको छ ।

पार्टीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहने नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको हो । एकताको सहमतिपत्रमा अहिले केहीबेरमा भट्टराई र यादवले हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

त्यसपछि आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन् । आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने पाण्डेले बताए । 


प्रतिकृया दिनुहोस