एनसेलविरुद्ध आज माइतीघरमा नागरिक अभियान्ताहरुले प्रदर्शन गर्ने

'नागरिक खबरदारी'

काठमाडौं । एनसेलबाट अरर्बाैंको पूँजीगत लाभकर असुलीका लागि दबाव दिन आज काठमाडौमा प्रदर्शन गर्न लागिएको छ । नागरिक अभियान्ताहरुले दिउसो १ बजेदेखि ३ बजेसम्म राजधानीको माइतीघरमा 'नागरिक खबरदारी' कार्यक्रमको आयोजना गरिएको जनाएका छन् । 


बरिष्ठ अभिवक्ता डा सुरेन्द्र भण्डारी, चलचित्र निर्मात्री तथा अभिनेत्री रेखा थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध उत्रिन आह्वान गरेका छन् । 

एनसेलले करिव ४० अरव पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन्। एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ छ । 

कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न सबैलाई आह्वान गर्दै आएका छन् । सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दबाव दिन आह्वान गर्नु परेको उनले बताए ।

एनसेलले हाल करिव ४० अरव पूँजीगत लाभकर असुली गर्न बाँकी छ । तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दबाव दिँदै आएका छन् ।


प्रतिकृया दिनुहोस