आईपीएल: पञ्जाबलाई हराउँदै कोलकत्ता प्लेअफ नजिक

एजेन्सी । कोलकत्ता नाईट राईडर्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ नजिक पुगेको छ । शुक्रबार राति भएको खेलमा किंग्स ईलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गर्दै कोलकत्ता प्लेअफको नजिक पुगेको हो ।

१ सय ८४ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । सुभम गिलले नटआउट ६५ रन बनाएको ईनिङ्समा क्रिस लिनले ४६ रन बनाए । रोबिन उथप्पा २२ र आन्द्रे रसेलले २४ रन बनाए ।

सुरुमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । पञ्जावका लागि साम कुरानले अविजित ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको ईनिङ्समा मायाङ्का अग्रवालले ३६ रन बनाए ।

कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए । जितपछि कोलकत्ताले अघिल्लो चरण पुग्ने सम्भावनालाई बाँकी राखेको छ । पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह चरणमा एक खेल हुन बाँकी छ । कोलकत्ता र सनराइजर्स हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बाँकी छ । प्रतियोगितामा चेन्नेई सुपर किंग्स, मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...