सरकारले पत्रकारलाई तर्साउन खोज्योः डा.कोइराला

बनेपा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साइबर क्राइमसम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउन खोजेको बताएका छन् ।

प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उदघाटन गर्दै कोइरालाले सञ्चारसम्बन्धी कानुन निर्माणमा सरोकारवालासॅग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको दाबी गरे ।

अदालतले रिहाई गर्छ, अदालत परिसरमै उक्त पत्रकारलाई पक्राउ गरिन्छ । यो भन्दा निरंकुशता के हुन्छ ? कोइरालाले प्रश्न गरे ।

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्रभन्दा निरंकुश देखिएको बताउँदै उनले प्रेसले स्वतन्त्ररुपले काम गर्न नपाए समग्र राजनीतिक प्रक्रिया नै कमजोर हुने धारणा राखे ।

 



प्रतिकृया दिनुहोस