आईपीएलमा दिल्लीलाई झट्का, बलिङ हतियार राबडाले चोटका कारण बाँकी खेल नखेल्ने

काठमाडौँ । इनिडयन प्रिमियर लिग ( आईपीएल)मा दिल्लीको टिमका मुख्य बलर कागिसो राबाडा चोटका कारण यस सिजनका बाँकी खेल खेल्न नपाउने भएको छन् । सो टिममा नेपाली बलर सन्दीप् लामिछाने रहेका छन् ।

आईपीएलको प्लेअफमा पुगिसकेको दिल्लीका तीब्र गतिका बलर रबाडालाई तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि स्देश फर्किन भनिसकेको छ ।  तर आइपीएलमा चेन्नईविरुद्धको खेलका क्रममा उनले आफूलाई असहज महसुस भइरहेको बताएका थिए ।

उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । उनलाई आरामको आवश्यकता भएकाले दिल्लीले नै रबाडालाई स्वदेश फर्कन आग्रह गरेको जनाइएको छ ।

आइपीएलमा सफल बलर रबाडाले दिल्लीको अन्तिम खेल खेल्नेछैनन् भने त्यसपछि प्लेअफका खेलहरुपनि गुमाउने भएका छन् । रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए ।

रबाडाको फिटनेसमा समस्या आएपछि दक्षिण अफ्रिकालाई पनि तनाव भएको छ । किनकि विश्वकपमा रहेका टिममा डेल स्टेन, लुंगी एंगिडी, एनरीच नोर्जी सबै चोटग्रस्त रहेका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...