आईसीसी टी–ट्वेन्टी वरियतामा नेपाल तीन स्थान माथि

काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टी–ट्वेन्टी वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ ।  आईसीसीले सार्वजनिक गरेको यस महिनाको पुरुष टी–ट्वेन्टी टीम वरियतामा नेपालले ३ स्थान सुधार गरेको हो ।

नेपाल गत महिनाको वरियतामा १४ औं स्थानमा थियो ।  यसपटक २ सय १२ अंक पाएको नेपाल ११ औं स्थानमा उक्लिएको हो । नेपालले संयुक्त अरब ईमिरेट्स युएईविरुद्धको ३ खेलको टी–ट्वेन्टी श्रृंखला २–१ ले जितेपछि आईसीसीको वरियतामा सुधार भएको हो ।

 आईसीसीको वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ । उसले २ सय ८६ अंक पाएको छ । यसैगरी दक्षिण अफ्रिका २ सय ६२, इङ्ल्यान्ड २ सय ६१, अष्ट्रेलिया २ सय ६१, भारत २ सय ६० अंकसहीत क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा छन् ।

 नेपाल भन्दा एक स्थान अगाडि रहेको बंगलादेशको २ सय २० अंक छ । न्यूजील्यान्ड, अफगानिस्तान, श्रीलंका र वेस्टइन्डिज पनि नेपालभन्दा माथि छन् ।

न्यूजील्यान्डले २ सय ५४, अफगानिस्तानले २ सय ४१, श्रीलंकाले २ सय २७ र वेस्टइन्डिजले २ सय २६ अंक पाएको छ । आईसीसीको वरियतामा ८० वटा टोलीलाई सामेल गराइएको छ । 


प्रतिकृया दिनुहोस