प्रधानमन्त्री वलीले कम्बोडिया र भियतनामको भ्रमण गर्नुहुने

काठमाण्डौ  । प्रधानमन्त्री के पी शर्मा वलीले  यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको   दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन् ।  

 प्रधानमन्त्री वली भ्रमण जाने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए छन् ।  भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले उतm  दुई देश  भ्रमण गर्ने कार्यक्रम बनेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न आठ दिवसीय चीनको राजकीय भ्रमणबारे जानकारी दिन बिहीबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएका छन् । 

  कुनै समय युद्धबाट जर्जर भएका ती दुवै देश अहिले आर्थिक समृद्धिको मार्गमा द्रुतगतिमा अघि बढेका छन्, उनीहरूको विकासको अनुभव हाम्रानिम्ति उपयोगी हुने ठानेका छौँ । 


बहुल बौद्धधर्मावलम्वी  दुवै देशबाट नेपालको धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले निकट भविष्यमा सञ्चालन हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामी र कम्बोडियाली पर्यटक लुम्बिनीमा घुरफिर गर्न आउन सक्ने बताएका छन् । 


प्रतिकृया दिनुहोस