आईपीएल: सुपर ओभरमा जित निकाल्दै मुम्बई प्ले अफमा

एजेन्सी । मुम्बई इण्डियन्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान बनाएको हो  ।

वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा मुम्बईका जस्प्रित बुम्राहले कसिलो बलिङ गरे । जवाफमा मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्यो । राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे ।

सुपर ओभरमा जानुअघि हैदरावादका मनिस पाण्डेले अविजित ७१ तथा मोहमद नाबीले ३१ रन जोडेका थिए । यस्तै रिद्दिमान साहले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले २/२ विकेट लिए  ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए ।

योसगै मुम्बई प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स यसअघि नै प्ले अफ पुगिसकेको छ । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

जितसंगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले १३ खेलबाट १६ अंक जोडेको छ । चौंथो स्थानको हैदरावादको १३ खेलबाट १२ अंक छ । हैदरावादको पनि प्ले अफ सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...