राजपा किन मिसियो फोरम र नयाँ शक्तिको एकताको मार्गमा ?

फोरम र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी

काठमाडौं । अहिले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता हुन लागेपछि त्यसले राजनीतिक तरंग ल्याइदिएको छ । मधेशमा बलियो पकट भएको फोरम र सबै जिल्लामा राजनीतिक पकट भएको तर, राष्ट्रिय दल बन्न नसकेको नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी छ ।

तर, एकीकरणका लागि अन्तिम तयारी भइरहेका बेला बिहीबारभएको बैठकमा त्यसमा राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सहभागी भएका छन् । राजपा नेपालले एकीकरणका लागि हतार नगर्न सुझाव दिएको छ । 

एकीकरण भन्दा पनि तीन दलको बीचमा गठबन्धन बनाएर जान सुझाव दिएको बताइएको छ । त्यही कुरा मन नपरेको कारण उपेन्द्र यादव बैठकबाट बाहिरएको बताइएको छ । 

फोरम र नयाँ शक्तिबीच एकीकरणको टुगो लागिसकेपछि यी दुई दलले औपचारिकताका लागि राजपा नेपालसँग छलफल गरिएको गरिएको थियो । फोरम र नयाँ शक्तिको बीचमा एकीकरणमा मोटामोटी सहमति भएलगत्तै राजपा र जनमुक्ति पार्टी पनि सहभागी भएका हुन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भट्टराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीको नेताबीच छलफल भएको थियो । 

शुरुमा एकीकरणका लागि तीनटै दलको बीचमा छलफल चलिरहेको थियो । तर राजपा नेपालले चासो नदेखाएपछि फोरम र नयाँ शक्ति अगाडि बढेको हो । एकीकरणको घोषणा गर्ने तयारीमा रहेका बेला अन्तिम पटक राजपासँग छलफल गरेको बताइन्छ ।   

बिहीबारको छलफलपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सबै पार्टीको एकीकरण गर्नेगरी खाका तयार पार्ने जिम्मा दिइएको छ ।



प्रतिकृया दिनुहोस