भागबन्डामा सहमतिपछि नेकपामा पोलिटब्युरो गठन हुदैं, कुन समूहबाट कति ?

नेपाल फर्किए लगत्तै पोलिटब्युरो घोषणा गर्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भाडबन्डाको सहमति भएपछि पोलिटब्युरो गठन हुने भएको छ ।  पार्टी एकता घोषणा भएको एकबर्ष पुग्नै लाग्दा नेकपाले पोलिटब्युरो गठन गर्ने भएको हो ।

केन्द्रीय समितिको एकतिहाई हुने गरि १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन हुन भएको छ । यसअघि नै पूर्वएमाले र पूर्वमाओवादीले पोलिटब्युरोको भागवण्डा टुङ्ग्याइसकेका छन् । भागवण्डा अनुसार, पूर्वएमालेबाट ८१ जना र पूर्वमाओवादीबाट ६६ जना पोलिटब्युरोमा चयन हुनेछन् ।

पूर्वएमालेमा ६५ सदस्यीय पोलिटब्युरो थियो । त्यसमा थप १६ जना पोलिटब्युरो साविक एमालेले पाउने छ । पूर्वमाओवादीले भने आफ्ना सदस्य घटाउनुपर्ने छ । ९९ सदस्यीय सचिवालय सदस्यमध्ये ६६ जनालेमात्र नेकपामा पोलिटब्युरो हुनपाउने छन् ।

पूर्वमाओवादीबाट बरिष्ठताका आधारमा पोलिटब्युरो सदस्यका चयन गरिने छ । पूर्वएमालेले पोलिटब्युरो चयनका लागि मापादण्ड बनाइसकेको छ । पोलिटब्युरो चयनका लागि स्पष्ट मापदण्ड तयार भएकाले पूर्वएमालेको ओली पक्ष र माधव नेपाल पक्ष भनेर पोलिटब्युरो गठनमा भागवण्डाको प्रश्न उठाएको छैन ।

अमेरिका भ्रमणमा रहेका बरिष्ठ नेता माधव नेपाल फर्किए लगत्तै पोलिटब्युरो घोषणा गर्ने तयारी नेकपाले गरेको छ । आउँदो जेठ ३ गते तत्कालिन एमाले र माओवादी एकीकृत भएको एक बर्ष पुग्दैछ । नेकपाले एकताको एघार महिना पछि जिल्ला कमिटीको नेतृत्व टुङ्ग्याएको थियो । अझैपनि पार्टीका जनवर्गीय संगठनको एकता हुन बाँकी छ ।



प्रतिकृया दिनुहोस