भोली राष्ट्रपति भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने

सम्पुर्ण कार्यक्रम तयार

काठमाडौं । आगामी आर्थिक बर्षका लागि सरकारले लागु गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । भोली राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तय भएकाले त्यसलाई सरकारले अन्तिम रुप दिएको हो ।

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर अर्थमन्त्री डाक्टर युवराज खतिवडा दुई दिन अगाडी एक कार्यक्रममा सहभागी हुन फिजि गएका छन् । उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम बुझाएर विदेश गएको बताईएको छ । 

श्रोतका अनुसार नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीलाई पनि बुझाइ सकिएको छ । नीति तथा कार्यक्रम प्रस्तुतीका लागि भोली दिउसो चार बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । सरकारको तर्फबाट राष्ट्रपतिले संसदमा पेश गर्ने नीति तथा कार्यक्रमकै आधारमा सरकारको बार्षिक बजेट बनाउने गरिन्छ ।

राजतन्त्र भएको बेला संसदमा राजाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसैका आधारमा सरकारले बनाएको बजेट अर्थ मन्त्रीले प्रस्तुत गर्ने व्यवस्था थियो ।

सरकारको निती तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच केही दिन अगाडी छलफल भएको छ ।

प्रतिकृया दिनुहोस