लेगको जितसँगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० गोलले पराजित छ ।

पहिलो लेगको जितसँगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।

क्याम्प नाउमा बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे । खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा यो सिजन पहिलो गोल गरेका स्वारेजले आफ्नो पूर्व क्लबविरुद्ध सुरुवातमा अग्रता दिलाए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल थप्यो। जसमा दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...