आइपिएल: घर फर्किँदै गरेका वार्नरले हैदराबादलाई जितको उपहार दिए

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हैदराबादले किंग्स इलाभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको हो ।


हैदराबादले डेविड वार्नरको उत्कृष्ट प्रदर्शनमा ६ विकेटका क्षतिमा २१२ रन बनायो । वार्नरले ५६ बलमा सात चौका र दुई छक्काको सहयोगमा ८१ रन बनाएका हुन् ।


यस्तै मनिष पाण्डेयले २५ बलमा ३६ तथा ऋद्धिमन शाहले १३ बलमा २८ रन बनाए । पञ्जाबका मोहम्मद शामी र रविचन्द्रन आश्विनले दुई–दुई विकेट लिए ।


२१३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो ।

उसका लागि केएल राहुलले ५६ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ७९ तथा मयंक अग्रवालले १८ बलमा २७ रन बनाए जितका लागि पर्याप्त भएन । हैदराबादका रशिद खान र खलील अहमदले तीन–तीन विकेट लिए ।


यो सिजनको आइपिएलमा वार्नरको यो अन्तिम खेल हो, उनले जाँदाजाँदै टिमलाई जितको उपहार दिएका छन् । वार्नर विश्वकपको तयारीका लागि अस्ट्रेलिया जाँदै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...