एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक म्यानमारसंग खेल्दै

काठमाडौं, वैशाख । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक म्यानमारसंग खेल्दैछ ।


म्यानमारमा जारी छनोटको अघिल्लो दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा आयोजकसंग खेल्न लागेको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।


घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपालको अर्को चरण पुग्ने सम्भावना भने सकिएको छ । तर, नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोडेर घर फर्कन चाहन्छ ।


दुई खेल सकिँदा नेपालले अंक जोड्न सकेको छैन । त्यसैले बलियो टोली म्यानमारलाई रोक्न नेपाललाई कठिन भने हुनेछ । म्यानमार पनि नेपाललाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ । म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ । अष्ट्रेलिया ६ अंक जोडेर शीर्ष स्थानमा छ ।


छनोटको पहिलो खेलमा नेपालले अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसंग ४-० ले पराजित भएको थियो । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...