रियल मड्रिडले अर्को हार, अंक तालिकामा पनि पछाडी

काठमाडौं । स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ । गए राति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको २३ औं मिनेटमा एड्रीले गरेको गोल नै अन्तिममा भालेकानोलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । पुरै खेलमा रियलले आधा दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । जसका कारण रियल अंक तालिकामा पछाडी परेको छ ।

लिगको उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियल अब तेस्रो स्थानमा रहने पक्का जस्तै बनेको छ । दोस्रो स्थानको एट्लेटिको भन्दा रियल नौ अंकले पछाडी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...