मेचीनगर गोल्डकप : धरानमाथि संघर्षपूर्ण जित निकाल्दै आर्मी सेमिफाइनलमा

इलाम । धरान फुटबल क्लबमाथि २–१ गोलअन्तरको कठिन जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब काँकडभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। खेलको २९ औं मिनेटमा आर्मीले टंक बस्नेतको गोलबाट सुरुवाती अग्रता कायम गरेको थियो।

सन्तोष तामाङको पासमा उनले गोल गरेका थिए। ४० औ मिनेटमा धरानले खेल बराबरीमा ल्यायो।  दोर्जे तामाङको शक्तिशाली प्रहार रिवाउन्स भएपछि पाएको अवसरलाई मिलन राईले पोष्टको दिशा दिए।

खेलको ४१ औं मिनेटमा आर्मीले अग्रता २–१ बनायो। सुमन अर्यालयको पासमा कप्तान नवयुग श्रेष्ठले गोल गरे। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि गोल नभएपछि आर्मी जितका साथ सेमिफाइनल पुग्यो। फाइनल प्रवेशका लागि आर्मीले माइभ्याली फुटबल क्लब र रुस्लान थ्री स्टार बिचको बिजेतासँग खेल्ने छ।

पहिलो चरणको खेलमा च्यासल युथ क्लब काठमाडौंलाई हराउँदै धरान क्वाटरफाइनल प्रवेश गरेको थियो। नियमित सेटका गोलरक्षक विकेस कुथुसहित तीन खेलाडीविना नै मैदानमा उत्रिएको आर्मीबिरुद्ध धरानले दबाब सिर्जना गरे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरियो।  १५ औं मिनेटमा सन्तोष तामाङको फ्रि किक धरानका गोलरक्षक बिनय श्रेष्ठले पञ्च गरेर बचाए।

२१ औ मिनेटमा टंक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले पेनाल्टी एरियामा गरेको हेडर आकाशियो। ३८ औं मिनेटमा सन्तोष तामाङको फ्रि किक पोष्ट बारमा लागेर फर्कियो। धरानका वर्तमान राईले २३ औं मिनेटमा प्रहार गरेको फ्रि किक आर्मीका गोलरक्षक विवस चौधरीले पञ्च गरेर जोगाए। २४ औं मिनेटमा धरानका दोर्जे तामाङको शक्तिशाली प्रहार क्रस बारमा लागेर फर्कियो।

५३ औं मिनेटमा वर्तमान राइले गरेको प्रहार आर्मीका गोलरक्षक चौधरीले विफल बनाउँदा धरान बराबरी गर्ने अवसरबाट वञ्चित भयो। ७६ औं मिनेटमा डी बक्स नजिकैबाट मिलन राईले प्रहार गरेको फ्रि किक आकाशियो। ८४ औं मिनेटमा मिलन राईले गरेको प्रहार पोष्ट बारमा लागेर फर्कियो।

खेलको इन्जुरी समयमा बिष्णु सुनारको कडा फ्रि किक प्रहार विपक्षी पोष्टमा लागेर फर्किपछि धरान क्वाटरफाइनलबाटै पराजित बन्यो। खेलको म्यान अफ द म्याच बिजेता टोली त्रिभुवन आर्मी क्लब सुमन अर्याल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार भए। सोमबारको खेल नेपाल पुलिस क्लब र भुटानको पारो एफसीबीच हुने छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...