आरसीबीलाई दिल्लीले दियो १ सय ८८ रनको लक्ष्य

काठमाडौं ।  इन्डियन प्रिमियर  लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स  बैंगलोर(आरसीबी)लाई १८८ रनको चुनौती दिएको छ ।  टस जितेर ब्याटिङ रोजेको नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटलले आरसीबीलाई १८८ रनको चुनौती दिएको हो ।

दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाएका हुन । धवनले ३७ बलमा ५० रन बनाए भने अयरले ३७ बलमा ५२ रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको बलिङ गरे । दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनायो ।

दिल्लीले राम्रो स्कोर बनाउन अन्तिम दुई ओभरमा  ३६ रन जोड्यो। नेपालका लेग स्पीनर सन्दीपले केही बेरमै आरसीबीविरुद्ध बलिङ गर्नेछन् । आजको खेल जिल्लाका लागि महत्वपूर्ण छ । यो खेलमा जित निकाले दिल्ली शीर्षस्थामा पुग्नेछ । बैंगलोर भने प्लेअफमा पुग्ने सम्भावनाबाट लगभग बाहिरिसकेको छ । 




प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...