एफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालको लगतार दोस्रो हार

काठमाडौं । म्यानमारमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । समुह ए अन्तगर्त आइतबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० को  गोलअन्तरले पराजित भएको हो । लगातारको हारसँगै नेपालको छनोट हुने सम्भावना समाप्त भएको छ ।

म्यानमारस्थित मन्डलाथिरी रंगशालामा पहिलो हाफमा १ गोलले पछि परेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा थप ३ गोलको शिकार भयो । नेपाली डिफेन्सको एकपछि अर्को गल्तीमा नेपाल एकपछि अर्को गोल खान पुग्यो ।

यसअघि खेल सुरू भएको २० औं मिनेटमा गोलकिपर अन्जना रानामगरको गल्तीमा नेपाल गोल खान पुगेको थियो । गोलकिपर अन्जनाले समातेको बल फुस्काएपछि उज्वेकिस्तानले अग्रता लिएको थियो । लगत्तै पाएको अवसरलाई नेपालकी रेखा पौडेलले सदुपयोग गर्न सकिनन् ।

प्रशिक्षक हरीओम श्रेष्ठले अष्टेलियाबिरुद्धको टिमलाई नै निरन्तरता दिएका थिए । नेपालले अब अन्तिम खेल घरेलु टोली म्यानमारसँग खेल्नेछ । यसअघि समूहको पहिलो खेलमा अष्टेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको थियो । गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा नेपाल उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणका लागि छनोट भएको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...