क्रिकेटमा नेपालको फड्को : नेपाललाई एसीसी यू१६ क्रिकेटको उपाधि

काठमाडौँ ।  १६ वर्ष मुनिको क्रिकेट टोलीले एशिया पूर्वी क्षेत्रको प्रतियोगिताको उपाधि जितेको छ । शनिवार थाईल्यान्डमा भएको फाइनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधि सुरक्षित राखेको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो । तर नेपालले मलेशियालाई ८१ रनमा सीमित गरिदियो । एक बल खेल्न बाँकी छँदै मलेशियाले सबै विकेट गुमाएको थियो । शुक्रवार भएको सेमिफाइनल खेलमा नेपालले हङ्‌कङलाई पराजित गरेको थियो ।

यो प्रतियोगितामा आठ राष्ट्र सहभागी थिए । समूह ए मा रहेको नेपाल अविजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । पहिलो खेलमा म्यान्मारलाई ५८ रनमा अलआउट गरेपछि नेपाल सात विकेटले विजयी भएको थियो ।

सो खेलमा कप्तान विशालविक्रम केसीले चार विकेट लिएका थिए  । गत बुधवार भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ३९ रनले हराएको थियो । नेपालले १४१ बनाएकोमा मलेशियाले १०२ रन मात्रै बनाउन सकेको थियो । बिहीवार थाईल्यान्डसँगको खेल वर्षाले प्रभावित भएको थियो ।

आशिष भट्टराईको ५८ रनको मद्दतले ३५ ओभरमा सात विकेट गुमाएर २३४ रन बनाएको थियो । प्रत्युत्तरमा थाईल्यान्डले कुनै रन नबनाई एक विकेट गुमाएको अवस्थामा खेल स्थगित भएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...