तीन खेल अगावै बार्सिलोनालाई स्पेनिस लिग फुटबलको उपाधि

काठमाडौं । स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा लेभान्तेलाई १–० ले हराउँदै बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो । बार्सालाई लिग उपाधि दिलाउन निर्णायक खेलमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।


बार्सिलोनाको लागि यो २६ औं लिग उपाधि हो । मेस्सीका लागि भने यो १० औं लिग उपाधि हो ।

गएरातिको खेलपछि स्पेनिस लिग फुटबलको अंक तालिकामा बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७४ अंक छ भने ६५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा छ ।


लिग उपाधिसँगै बार्सिलोनाले सिजनमा तीन उपाधि जित्ने सम्भावना बलियो पारेको छ । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ भने कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस