एसीसी यू-१६ क्रिकेट: उपाधिका लागि नेपालले आज मलेसियासंग खेल्दै

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार ९ :१५ मा सुरु हुनेछ ।

साविकको विजेता समेत रहेको नेपाल उपाधि रक्षा गर्ने योजनासहित मैदान उत्रनेछ । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई उपाधि जित्न भने मलेसियाको चुनौती पन्छाउनु पर्नेछ ।

मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने योजनामा हुनेछ । यस्तै मलेसिया नेपालसंग समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपाल उक्त जितलाई कायम राख्दै उपाधि घर ल्याउन चाहन्छ ।

शनिबार भएको सेमिफाइनलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

यस्तै मलेसियाले साविकको उपविजेता सिंगापुरलाई ५७ रनले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा सिंगापुर सेमिफाइनलमा पराजित भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...