आईपीएल: राजस्थानद्वारा हैदरावाद पराजित, चेन्नई प्ले अफमा

एजेन्सी । घरेलु टोली राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा राजस्थानले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । 

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए । यस्तै अजिंकाले रहानेले ३९ रन जोड्दा कप्तान स्टिभ स्मिथले २२ रन बनाए ।

हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।

हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए ।

राजस्थानका भरुण आरोन, ओसाने थोमस,श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए । 

यो जितसंगै राजस्थानले हैदरावादसंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले राजस्थानलाई ५ विकेटले हराएको थियो ।

जितपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । चौंथो स्थानको हैदरावादले ११ खेलबाट १० अंक जोडेको छ ।

राजस्थानले हैदरावादलाई पराजित गरेसंगै चेन्नई प्ले अफमा पुग्न सफल भएको छ । शीर्ष स्थानको चेन्नईले १२ खेलबाट १६ अंक जोडेको छ । योसंगै चेन्नई जारी आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...