नेपालले पायो ८७ रनको विजय लक्ष्य

काठमाडौं । थाइल्यान्डमा चलिरहेको एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ८७ जनको विजय लक्ष्य पाएको छ ।  टस जितेर ब्याटिङ गरेको हङकङले ३२ दशमलब २ ओभरमा अलआउ हुँदै ८६ रन बनाएपछि नेपालले ८७ रनको विजय लक्ष्य पाएको हो । 

 हङकङका लागि आरुष भगवतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । २० रन अतिरिक्त पाएको हङकङका बिज्र नारिनले ८, आहन त्रिबेदीले ५, राउनक्यु र मुद्धासरले ४ रन बनाए । नेपालका निखिल सिंहले सर्वाधिक ४ विकेट लिएका थिए । 

बिशालकुमार पटेल र  रमेश कुर्मीको २–२ विकेट लिए भने तिलक राज भण्डारीले १ विकेट लिए । ८७ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ । 



 

प्रतिकृया दिनुहोस