एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौँ ।  एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग ११–१ गोलको लज्जास्पद हार ब्यहोरेको छ ।

म्यानमारको मण्डलेमा मण्डलर थिरी स्टेडियममा भएको खेलको अष्ट्रेलियाका लागि मेरी फ्लोरले दोहोरो ह्याट्रिक गरिन् । पाँचौँ मिनेटमा नै अष्ट्रेलियाले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मेरीले टिमका लागि पहिलो गोल गर्न सफल भयो ।

त्यसपछि खेलको नवौं मिनेटमा अष्ट्रेलियाले फेरि पेनाल्टीको अवसर पायो । जसलाइ मेरीले नै गोल गर्दै अग्रता २-० मा पुर्‍याइन् ।

त्यसको तीन मिनेटमा फेरि अष्ट्रेलियाका लागि मेरीले नै गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दै टिमका लागि तेस्रो गोल गरिन् । यसपटक पनि नेपालको डिफेन्स अष्ट्रेलियाको एट्याकका सामु नीरिह रह्यो । लगत्तै अष्ट्रेलियाका लागि मेरीले नै चौथो गोल गरिन् । सुरूवाती चार गोल गरेकी उनको गोलको क्रम यतिमा रोकिएन ।

एकपछि अर्को गोल खाएको नेपालले ३४ औं मिनेटमा पाँचौँ गोल खायो । उसका लागि मेरीले ब्यक्तिगत पाँचौ गोल गरिन । नेपालको गोल खाने क्रम यतिमा रोकिएन ।

३६ औं मिनेटमा नेपालको डिफेन्सको झुर प्रदर्शनको फाइदा उठाउदै मेलिन्डाजले टिममा लागि छैटौं गोल गर्न सफल भइन। पहिलो हाफको अन्तिममा नेपालका लागि रश्मी कुमारी घिसिङले गोल गर्न सफल भइन ।

दोस्रो हाफको सुरूमा नै अष्ट्रेलियाले सातौं गोल थप्यो । उसका लागि उसका लागि मेरीले नै गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन । ६८ औं मिनेटमा रचेल लेवीले अष्टेलियाको अग्रता ८–१ मा पुरर्‍याइन् ।

७८ औं मिनेटमा अष्ट्रेलियाले नेपालविरूद्द नवौं गोल थप्यो । उसका लागि सब्स्टिच्युट खेलाडी क्यारा कोने क्रोसले गोल गरिन् । उनी मेरीको स्थानमा मैदान प्रवेश गरेकी थिइन ।

८५ औं  मिनेटमा इन्दापेगी रिलेले अष्ट्रेलियाका लागि १० औं गोल गर्न सफल भइन् । उनी पनि सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेकी हुन् । त्यसको अर्को मिनेटमा नेपालले ११ औं गोल खायो । अष्ट्रेलियाका लागि साडीनी इभान्सले गोल गरिन् ।


प्रतिकृया दिनुहोस