आईपिएलमा राजस्थानद्वारा कोलकत्ता ३ विकेटले पराजित

एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ ।

बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो  । 

इडेन गार्डेनमा कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए ।

जोफ्रा अर्चार २७ रनमा अविजित रहे । कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए ।

यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।

यो जितसंगै राजस्थानले कोलकत्तासंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको  पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

जितसंगै राजस्थानले ११ खेलबाट ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानाम रहेको छ ।

पराजित कोलकत्ता ११ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस