विश्वकप क्रिकेटका लागि वेस्टइन्डिज टोलीको घोषणा

काठमाडौँ । २०१९ मा हुने विश्वकप क्रिकेटका लागि वेस्टइन्डिजले ज्यासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा क्रिस गेल र आन्द्रे रसेल रहेका छन् ।

सन् २०१५ पछि एक मात्र अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका आन्द्रे रसेल यसपटक टिममा परेका छन् । आइपिएलमा आफूलाई पावर हिटरु सावित गरेका रसेलले जारी संस्करणमा अहिलेसम्म सबैभन्दा धेरै ४१ छक्का प्रहार गरेका छन् ।

किरोन पोलार्ड र मार्लोन स्यामुयल्स भने टिममा परेका छैनन् । वेस्टइन्डिजको टिममा फाबियान एलन, डारेन ब्राभो, कार्लोस ब्रेथवेट, सेल्डन कोट्रेल, सैनन गाब्रिएल, सिम्रन हेटमेयर, साही होम र क्रिस गेल रहेका छन् । ३९ वर्षीय क्रिस गेलको यो अन्तिम विश्वकप हुनेछ ।

उनले यसअघि नै विश्वकपपछि स‌ंन्यास लिने घोषणा गरिसकेका छन् । इभिन लेविस, आस्ले नर्स, निकोलास पोरन, केमर रोच र ओसान थोमस पनि टोलीमा छन् । विश्वकप क्रिकेट आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुनेछ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...