नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुने

काठमाडौं । नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा  आठौँ राष्ट्रिय प्रतियोगिता समापन सँगै नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को बुधबारको बैठकले २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। 

पारिवारिक शोकका कारण खेलकुद मन्त्री जगत विश्वकर्मा बोर्ड बैठकमा उपस्थित नभए पनि उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको हो। यसअघि आठौंको आयोजना पोखरामा हुने भनिएपनि अन्तिम समयमा नेपालगन्जमा गर्ने निर्णय भएको थियो। 

खेलकुद मन्त्री जगत विश्वकर्मा समेत गण्डकी प्रदेशबाट निर्वाचित सांसद हुन्। उनले समेत नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना हुने बताएका थिए। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...