विश्वकप क्रिकेटका लागि श्रीलंकाली टोली घोषणा, यी हुन् टिममा सदस्य

काठमाडौं । आइसिसी विश्व कप २०१९ का लागि श्रीलंकाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। लसिथ मलिन्गालाई कप्तानबाट हटाउँदै दिमुथ करुणारत्नेलाई कप्तान बनाएको भोलिपल्ट श्रीलंकाले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।


श्रीलंका क्रिकेट (एसएलसी)ले करुणारत्नेलाई राष्ट्रिय टिमको कप्तान घोषणा गरेको थियो। ३० वर्षीय करुणारत्नेले विश्वकप २०१५ पछि अहिलेसम्म श्रीलंकाका तर्फबाट एउटै वान-डे म्याच खेलका छैनन्।


उनले श्रीलंकाका लागि अहिलेसम्म १७ वानडे म्याच खेलेका छन्। जसमा उनले १५.८३ को औषतमा १९० रन लिएका थिए। श्रीलंकाको टिममा निरोशन डिकवेला, अकिला धनन्नजय, दनुष्का गुमातिलाका, उपुल थरन्गा र दिनेश चन्डिमल नयाँ अनुहार हुन्।


यी हुन् टिम सदस्य : दिमुथ करुणारत्ने (कप्तान), अविष्का फर्नान्डो, लहिरु थिरिमने, कुसल मेन्डिस, कुसल परेरा, एन्जेलो म्यथ्यूज, धनन्नजय डिसिल्वा, तिसारा परेरा, इसुरु उडाना, जेफरी वन्डर्से, जीवन मेन्डिस, मिलिन्डा सिरीवर्डाना, लसिथ मलिन्गा, सुरन्गा लकमल, नुवान प्रदीप रहेका छन्। इग्ल्याण्ड र वेल्समा हुने विश्वकप मे ३० देखि जुलाई १४ सम्म चल्ने छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...