मौसम: पहाड तथा तराईका क्षेत्रमा हुरिबतास चल्ने

केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका अधिकांश क्षेत्र तथा पूर्व र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । विशेष गरि पूर्व र मध्यको तराई क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ ।

पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । यस्तै मध्य र पूर्वको पहाडी क्षेत्रका केही ठाउँमा पनि मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । बेलुका तिर पहाड तथा तराईका क्षेत्रमा हुरिबतास चल्न सक्नेछ ।

प्रतिकृया दिनुहोस