एसीसी यू-१६: नेपालको आज समूह चरणको अन्तिम खेल

'आयोजक थाइल्याण्डसंग भिड्दै'

काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आयोजक थाइल्याण्डसंग खेल्दैछ ।

सुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसंग खेल्न लागेको हो ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार ९ :१५ मा सुरु हुनेछ । आयोजकविरुद्ध मैदान उत्रदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।

नेपालले पहिलो खेलमा  म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । बुधबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

आयोजकविरुद्ध नेपाल तेस्रो जितको खोजीमा हुनेछ । र, नेपाल जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।  समूह 'ए' मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा छ ।

सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपाल समूह विजेताको दौडमा रहेको छ । आयोजकलाई हराउन सके नेपाल समूह विजेता बन्नेछ ।

यता, आयोजक थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । समूहको तेस्रो स्थानमा रहेको थाइल्याण्डले २ अंक जोडेको छ । नेपाललाई फराकिलो अन्तरले पराजित गरेमा थाइल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यसै समूहको अर्को खेलमा मलेसियाले म्यानमारको सामना गर्नेछ । मलेसिया ४ अंक जोडेर दोस्रो र अंकविहीन म्यानमार पुछारमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...