आठौं राष्ट्रिय खेलकुद सकियो, ‘साग’ नसार्न कार्यवाहक राष्ट्रपतिको आग्रह

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । गएको चैत २७ गतेदेखि चलेको प्रतियोगिताको बुधबार कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपालगन्ज रंगशालामा समापन गरे ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइएपनि कार्यव्यस्तताका कारण सहभागी हुन नसक्ने भएपछि कार्यवाहक राष्ट्रपति पुन समापनमा सहभागी भएका हुन् ।

समापन समारोहमा बोल्दै पुनले दक्षिण एसियाली खेलकुद ९साग० राष्ट्रको प्रतिष्ठासँग जोडिएकाले पटक–पटक आयोजनाको मिति नसार्न आग्रह गरे ।

उनले यही सन् २०१९ भित्रै नेपालले साग आयोजना गर्नेमा विश्वस्त रहेकोसमेत बताए । समापन कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गन्डकी प्रदेशलाई हस्तान्तरण गरिएको थियो ।

प्रतियोगिताको पदकतालिकामा विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा रहँदा नेपाल पुलिस क्लब दोस्रो तथा सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो स्थान ओगटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...