आईपीएल: बैंगलोरसंग पन्जाब १७ रनले पराजित, जितसंगै बैंगलोर सातौं स्थानमा

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।  

बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । 

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए ।  मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए । 

बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । 

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।

कप्तान विराट कोहली १३ रनमा आउट भए । पन्जाबका  मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए ।

योसंगै बैंगलोरले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो । 

जितसंगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट ८ अंक जोडेको छ ।

पराजित पन्जाब पाँचौं स्थानमा रहेको छ । पन्जाबले ११ खेलबाट १० अंक जोडेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...