धर्म निरपेक्ष खारेज गर्न साना दल सहमत, संघीयताको विषयमा चाँडै निष्कर्ष निकालिने

काठमाडौं । साना दलहरुले धर्म निरपेक्षता खारेज गर्न संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । संघीयता खारेजीको विषयमा भने चाँडै निष्कर्षमा पुग्ने भएका छन् ।

बुधबार नेपाल समाजवादी कांग्रेसको पार्टी कार्यालय नयाँ बानेश्वरमा भएको छलफलमा सहभागी नेकपा माले, ३३ दलीय मोर्चा, नेपाली कांग्रेस (बिपी) र जय देशभक्त पार्टीबीच भएको छलफलमा धर्म निरपेक्ष खारेजीमा एक भएर अघि बढ्ने सहमति गरेका छन् ।

सो छलफल कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली, नेपाल समाजवादी कांग्रेसमा अध्यक्ष गोविन्द निरौला, ३३ दलीय मोर्चाका अध्यक्ष शिवराज थापा र जय देशभक्त पार्टीका बरिष्ठ उपाध्यक्ष गजेन्द्र अर्याल सहभागी थिए ।

उनीहरुले धर्म निरपेक्षताको खारेजी, विवादित नागरिकता ऐनको खारेजी, सीमा अतिक्रमणको विरोध आदी विषयमा संयुक्त मोर्चा बनाएर संघर्ष गर्ने सहमति पनि गरेका छन् । पुस १७ गतेदेखि पटकपटक भएको छलफल कार्यक्रमपछि बुधबार समाजवादी कांग्रेसको कार्यालयमा भएको छलफलमा संघीयताको खारेजीको विषयमा पनि चाँडै निष्कर्षमा पुग्ने निर्णय पनि गरेको छ । 


प्रतिकृया दिनुहोस