मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालको लगातार दोस्रो जित

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार जित निकालेको छ । मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

१ सय ४२ रनको लक्ष्य पच्छाएको मलेशिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा  अलआउट भएपछि नेपालले सहज जित निकालेको हो । मलेशियाका लागि सरभिन सरेन्द्रनले सर्वाधिक ४६ रन बनाए पनि टिमलाई जिताउनु सकेनन् । 

वान अहेमदले १७ रन बनाउँदा किसन कुमार ११ रनमा आउट भएका थिए । नेपालको कसिलो बलिङसामु मलेशियाका ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 

नेपालका प्रशान्त महत,रमेश कुर्मी,तिलक राज भण्डारीले समान २–२ विकेट लिए भने निखिल कुमार सिहं र प्रशान्त सिहंले १–१ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३४ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन बनाएको थियो । नेपालका लागि आईश भट्टराईले ३४ रन बनाउँदा दिपक बोहोरा र अर्जुन कुमालले १६ –१६ रन बनाएका थिए । 

यस्तै कप्तान विशाल बिक्रम केसीले २८ रन बनाउँदा निखिल कुमार सिंहले १२, सुबास ऐर ११ रन जोडेका थिए । रोहन दुधराजले ८ ,प्रशान्त सिंहले ६ तथा तिलक राज भण्डारीले २ रन बनाएका थिए ।

मलेसियाका सिद्धार्थ कार्तिकले सर्वाधिक ४ विकेट लिदाँ लोकमान नुर र सचिनुले २–२ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा म्यानमारबिरुद्ध ७ विकेटको जित निकालेको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...