ओली सरकारविरुद्ध ९ विद्यार्थी संगठनद्धारा वृहत प्रदर्शनको घोषणा

वैशाख  । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सरकार विरुद्ध ९ विद्यार्थी संगठनले  वृहत प्रदर्शन गर्ने भएको छन् ।

अनेरास्ववियु (पाँचौ)को कार्यालय, रातोपुल काठमाडौमा बसेको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत विरोध ¥याली तथा प्रदर्शन गर्ने जानकारी दिइएको हो ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै ९ विद्यार्थी संगठनले ९ वटा बुँदामार्फत सरकारको ध्यानाकर्षण गराएको छ । शैक्षिक क्षेत्रको बेथिती, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड, निर्मला पन्त प्रकरण, सिके राउत प्रक्ररण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालाई ९ विद्यार्थी संगठनले एजेण्डा बनाएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋीषकेश जंग शाहले २ तिहाई बहुमतको बलियो सरकारले जनतालाई निराश बनाएको अरोप लगाएका थिए । राज्यका सबै संयन्त्र कब्जामा लिएर ओली सरकारले स्वतन्त्रता हनन गरिरहेको आरोप लगाए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...