आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदै

काठमाडौं । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदैछ । नवौ प्रतियोगिता गण्डकीमा गर्ने घोषणासहित आज विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ । प्रतियोगिताको १४ औं दिन सकिदा २६६ स्वर्णसहित कुल ९२७ पदकको टुंगो लागेको छ । हालसम्म ३१ खेलको प्रतिस्पर्धा सकिएको छ ।

अब चार खेलहरु भलिबल, क्रिकेट, फुटबल र पौडीको प्रतिस्पर्धा बाँकी रहेको छ । चारै खेल बुधबार सकिने छ । आजसम्म धेरै पदक जितेको आर्मीले १०७ स्वर्ण, ६३ रजत र ५६ कांस्य पदकसहित कुल २२६ पदक जितेको छ ।

सशत्र प्रहरीको एपीएफ क्लबले ४८ स्वर्ण, ५७ रजत र ६१ कांस्यसहित कुल १६६ पदक जितेर दोस्रो स्थान ओगटेको छ । तेस्रो स्थानको नेपाल पुलिस क्लबले ४५ स्वर्ण, ४१ रजत र ४० कांस्यसहित कुल १२६ पदक जितेको छ ।

प्रतिकृया दिनुहोस