महिला क्रिकेटको उपाधि एपीएफले जित्यो

दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधी एपीएफले चुमेको छ।  उपाधि भिड्न्तमा प्रदेश १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो। फाइनलमा पराजित प्रदेश १ उपविजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो।

टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन बनायो। उसका लागि ज्योति पाण्डेले सर्वाधिक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिइन्। बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३÷३ विकेट लिए ।

१२९ रनको विजयी लक्ष्य लिएर जवाफि ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश १ ले १९ दशमलव ४ ओभरमा अलआउट हुदै मात्र ४१ रनमा समेटिन पुग्यो। रश्मि शर्मा चौलागाइँ अविजित हुदै २७ रन जोडिन्। बलिङ्गमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २÷२ विकटे लिए। प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन्। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...