आजदेखि सुरु गर्ने भनिएको कांग्रेसको जागरण अभियान दुई हप्ता पछि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियान दुई हप्ता पर सरेको छ । पुर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनको कारण आजदेखि सुरु गर्न लागिएको जागरण अभियान दुई हप्ता पर सरेको हो ।

ताम्राकारको निधनपछि मंगलबार बेलुका आकस्मिक बसेको केन्द्रीय समितिको बैठकले जागणरण अभियान वैशाख २५ गतेदेखि सुरु गर्ने निर्णय गरेको नेता नविन्द्रराज जोशीले जानकारी दिए ।

कांग्रेसले २०७६ साल भरी नै तीन चरणमा जागरण अभियान सञ्चालन गर्ने र पहिलो चरणको अभियान वैशाख ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार दिँउसो ललितपुरको अल्का अस्पतालमा स्वास्थ्य उपचारको क्रममा निधन भएको हो । ताम्राकार निमोनिया तथा क्यान्सरबाट पीडित हुँदै आएका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि ताम्राकारको शव बुधबार बिहान १०ः३० बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राख्ने निर्णय गरेको छ । श्रद्धाञ्जलीपछि बुधबार नै ताम्राकारको शव पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

ताम्राकार २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्री भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...