विप्लवका तेस्रा ठूला नेता सुदर्शन जेल चलान

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका तत्कालीन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनु पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले सुदर्शनसहित ६ जना अन्यलाई थुनामा राख्ने आदेश दिएको हो ।

नक्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको अभियोगमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली सुदर्शनुसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतले मंगलबार हेमन्तप्रकाश ओली, शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र वीरबहादुर कठायतलाई थुनामा पठाउन आदेश दिएको हो । श्याम गुरुङले दिएको रिटमा सुनुवाइ गर्दै उनीहरूलाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत ललितपुरले जनाएको छ ।

बम विस्फोट गराइ कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, विध्वंसात्मक कार्य, संगठीत अपराधसम्बन्धि मुद्दा लगाइएको छ । ललितपुरको नक्खुमा रहेको एनसेल कार्यालयमा २०७५ फागुन १० गते बम विस्फोट गरिएको थियो ।

जसमा एकजनाको मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए । उक्त विस्फोटको विप्लवको पार्टीको तेस्रो वरियदाका नेता वलीले सार्वजनिक रूपमा जिम्मेवारी लिएका थिए। वलीलाई काभ्रेबाट चैत ९ गते पक्राउ गरिएको थियो । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...