विषय प्रवेशमै टुंगियो सरकार र राप्रपा बीचको वार्ता

एक सातापछि फेरि वार्ता हुने

काठमाडौँ । हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका २२ बुँदे माग गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकार बीचको वार्ता विषय प्रवेश गरेर टुंगिएको छ । 

मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा डेढ घण्टा चलेको वार्तामा राप्रपाले सरकारसँग राखेका २२ बुँदे मागबारे छलफल भएको थियो । वार्तामा गएका राप्रपाका वार्ता टोलीले पार्टीले अघि सारेका २२ बुँदे माग प्रस्तुत गरेका थिए । तर, वार्तामा राखिएका विषय प्रवेश गरेपछि विना निष्कर्ष टुंगिएको हो ।

वार्तामा राप्रपाको मागबारे खासै चासो नदिएको सरकारी वार्ता टोलीले एक साताका लागि वार्ता स्थगित गरेको जनाएको छ । राप्रपाका तर्फबाट वार्ताको नेतृत्व दीपक बोहराले गरेका थिए भने सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल वार्तामा सहभागी थिए ।

वार्तामा सहभागी कानुनमन्त्री ढकालले संविधानमा उल्लेख भएका व्यवस्थाबाहेक अरु विषयमा छलफल गर्न सकिने बताएका थिए । धर्म निरपेक्षता खारेज गर्नुपर्ने, राजसंस्थासहित रहने गरी गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रहलगायत राप्रपाका माग रहेका छन् ।

सरकारसँगको वार्ता चलिरहे पनि राप्रपाले आन्दोलन भने नरोकक्ने बताएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारसँग वार्ता चलिरहे पनि पार्टीभित्र आन्दोलनको तयारी भइरहेको बताए । उनले भने, ‘वार्ता र आन्दोलन सँगसँगै चल्दै जान्छ । त्यसका लागि पार्टीको आन्तरिक तयारी छँदैछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...