आईपीएल: आज चेन्नई र हैदरावाद भिड्ने, चेन्नईलाई शीर्ष स्थानमा उक्लने अवसर

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । 

मंगलबार चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच खेल हुनेछ । दुई टोलीबीचको खेल  राति ८:१५ मा सुरु हुनेछ ।

चेन्नईस्थित चिदामबराम स्टेडियममा घरेलु टोली शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदान उत्रने छन् । लिगको दोस्रो स्थानमा रहेको चेन्नईको १० खेलबाट १४ अंक छ ।

यस सिजनको सुरुवात बाटै उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नईलाई शीर्ष स्थानमा फर्कने अवसर समेत रहेको छ ।

यस्तै चेन्नई यसै सिजनको पहिलो खेलमा हारेको बदला समेत लिन चाहन्छ । यस सिजनको पहिलो भेटमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो ।

हैदरावादलाई पराजित गरेमा चेन्नई दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ । दिल्लीको १४ अंक छ । नेट रन रेट आधारमा दिल्ली शीर्ष स्थानमा छ ।

चौथो स्थानको हैदरावादको ९ खेलबाट १० अंक छ । हैदरावाद चेन्नईलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

पहिलो भेटको जितले हैदरावाद उच्च आत्मविश्वासका मैदान उत्रने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...