आईपीएल: कलकत्तामाथि हैदरावादको शानदार जित

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकत्ता नाईट राइडर्सले पराजित गरेको छ ।

आइतबार भएको खेलमा हैदरावादले कोलकत्तालाई ९ विकेटले पराजित गरेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १६० रनको लक्ष्य हैदरावादले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

हैदरावादको जितमा जोनी बेयर्सटो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयर्सटो ८० रनमा अविजित रहदा वार्नरले ६७ रन बनाए । कप्तान केन विलियमसन ८ रनमा अविजित रहे । कोलकत्ताका पृथ्वी राजले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

कोलकत्ताका लागि क्रिस लिनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिन्कु सिंहले ३० तथा सुनिल नारिनेले २५ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ तथा भुवनेश्वरले २ विकेट लिए ।

यो जितसंगै हैदरावादले लिगमा पाँचौ जित निकालेको छ । ९ खेलबाट १० अंक जोडेर हैदरावाद चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको कोलकत्ताको १० खेलबाट ८ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...