आठौँ राष्ट्रिय खेलकुदः १४९ स्वर्ण मध्ये ६० स्वर्ण आर्मीलाई

बाँके । विभागीय टिम त्रिभुवन आर्मी क्लबले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक पदक जितेको छ । आर्मीले हालसम्म १४९ स्वर्ण मध्ये ६० स्वर्ण, ४१ रजत र ३५ कास्य पदकसहित कुल १३६ पदक  हात पारेको छ। यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लव दोस्रो स्थानमा उक्लेको छ । एपीएफ क्लवले २५ स्वर्ण, २२ रजत र ३१ कास्य गरी कूल ७८ पदक जितेको छ ।

नेपाल पुलिस क्लबले हालसम्म २४ स्वर्ण, २३ रजत र २३ कास्य पदकसहित कुल ७० पदक जितेको छ । चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्य पदक गरी ६२ पदक हात पारेको छ । पाँचौ स्थानमा आफ्नो नाम दर्ज गराएको सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १५ कास्यसहित २७ पदक जित्दा गण्डकी प्रदेशले ६ स्वर्ण १० रजत, २३ कास्य गरि ३९ पदक जित्न सफल भएको छ ।

सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यगरि १८ पदकमा चित्त बुझाउनु परेको छ । आयोजक प्रदेश ५ ले ४ स्वर्ण, १२ रजत र २५ कास्य गरी ४१ मा सीमित भएको छ । भने प्रदेश १ ले ३ स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ र कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्यसहित ५ पदक जितेको छ । प्रतियोगितामा एनआरएनले २ स्वर्ण र ३ कास्य जितेको छ । 



प्रतिकृया दिनुहोस