धादिङको सलाङकोटमा मिनिबस दुर्घटना : २ को मृत्य २५ घाइते

काठमाडौं । धादिङको सलाङकोटमा मिनिबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको  छ । २५ जना घाइते भएका छन । 

काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको मिनिबस बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । अहिलेसम्म मृतकको पहिचान भएको छैन । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन ।

बस घुम्तिबाट २५ मिटर तल खसेको छ । ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस