टिचिङ अस्पतालमा कार्यरत नर्सको शंकास्पद मृत्यु

घनुषा । जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्सको शंकास्पद मृत्यु भएको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीया आलेको शव अस्प्तालको परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले मृतक आलेले राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएको हुन सक्ने बताए । मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो अस्पतालमा स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवको समेत लगानी रहेको छ।


प्रतिकृया दिनुहोस