लगातार आठौँ सिजन युभेन्टसलाई उपाधि, रोनाल्डो १००० प्रतिशत इटालिमै रहने

काठमाडौं । युभेन्टसले लगातार आठौँ सिजन इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा फियोरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले लिगका पाँच खेल अघि नै उपाधि पक्का गरेको हो ।

युभेन्टसको जितमा लोबो सिल्भाले गोल गरे भने फियोरेन्टिनाका पेजेल्लाले आत्मघाती गोल गरे । खेलमा अग्रता भने फियोरेन्टिनाले लिएको थियो । छैटौँ मिनेटमा मिलेन्कोबिचको गोलबाट अग्रता लिए पनि जोगाउन भने सकेन फियोरेन्टिनाले ।

युभेन्टसका लागि ३७ औँ मिनेटमा लोबोले गोल गरे भने ५३ औँ मिनेटमा फियोरेन्टिनाका पेजेल्लाले आत्मघाती गोल गरे । विजेता बनेको युभेन्टसको पाँच खेल बाँकी हुँदै ८७ अंक भएको छ ।

जितपछि क्रिष्टियानो रोनाल्डोले आफू १००० प्रतिशत युभेन्टसमै रहने बताएका छन् । रोनाल्डो यो सिजनको सुरुमा स्पेनिस क्लब छोडेर युभेन्टस आएका हुन् ।

प्रतिकृया दिनुहोस