मौसमः दिनभर बदली, मेघ गर्जनसहित पानी पर्ने सम्भावना

सर्तक रहन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली रहने जनाएको छ ।


आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाले सुचना जारी गरी सर्तन रहन आग्रह गरेको छ ।


महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने न्युनतम १० डिग्री सेल्सियस रहेको छ । सुर्योदय विहान ५ बजेर ३३ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ६ बजेर ३१ मिनेटमा हुनेछ । 

प्रतिकृया दिनुहोस