जारी आईपीएलमा सन्दीपको टिम दिल्लीद्वारा पन्जाब पराजित

काठमाडौं ।  भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए ।

पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २र२ विकेट लिए । जितसंगै सन्दीपको टिम दिल्लीले लिगमा छैटौं जित हात पारेको छ । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।

चौंथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...