आईपीएलमा राजस्थानसंग मुम्बई ५ विकेटले पराजित

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा राजस्थानले मुम्बईलाई ५ विकेटले हराएको हो ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका स्मिथले ५९ रन जोडे । यस्तै रियन परागले ४३ रन जोड्दा संजु सामसनले ३५ रन बनाए । मुम्बईका राहुल चाहरले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै सूर्यकुमार यादवले ३४ तथा हार्दिक पाण्डयाले २३ रन बनाए । राजस्थानका श्रेयस गोपालले २ विकेट लिए ।

यो जितसंगै राजस्थानले लिगमा तेस्रो जित निकालेको छ । यस्तै राजस्थानले कप्तान स्मिथलाई नियुक्त गरेसंगै जित निकालेको छ । राजस्थान ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ ।

पराजित मुम्बई दोस्रो स्थानमा रहेको छ । मुम्बईले १० खेलबाट १२ अंक जोडेको छ । एजेन्सी ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...